English

यौनको चरम सुख लिन यसो गर्नुस्



यौनको आनन्द लिन पार्टनरबीच समझदारी हुन आवश्यक हुन्छ । सेक्स पोजिसनदेखि पार्टनरको मुड बुझ्न पर्छ । यौन जीवनलाई अझै उत्कृष्ट बनाउन यी कुरामा अपनाउनुहोस् ।

सेक्सको लागि स्थानको छनौट गर्नुहोस्
यौन जीवनको लागि स्थान महत्त्वपूर्ण हुन्छ । राम्रो ठाउँमा मुड परिवर्तन हुन्छ । जसका लागि जोडी समय–समयमा घुम्न जान सकिन्छ । सुन्दर ठाउँमा सेक्स गर्न राम्रो मानिन्छ । यसले पार्टनरसँगको सम्बन्ध सुमधुर हुन्छ ।

सुत्ने कोठाको सजावटमा ध्यान दिनुहोस्
सेक्स लाइफका लागि सुत्ने कोठाको सजावट पनि महत्त्वपूर्ण हुन्छ । ओछ्यान सफा राख्नदेखि लिएर सही दिशामा बिछ्याउने कुरामा ध्यान दिनुपर्छ । सुत्ने कोठामा फोहोर वा सामानले भरिएको छ भने यौन जीवन प्रभावित हुन सक्छ ।

रातको पोसाकमा ध्यान दिनुहोस्
महिलाको नाइट ड्रेस मात्र होइन, पुरुषले पनि आफ्नो नाइट ड्रेसमा ख्याल गर्नुपर्छ । नाइटवेयर सहज नभएमा समस्या हुन सक्छ । जिन्सको कपडा लगाएर सुत्नु हुँदैन । यसको गन्ध र फिटिङले पार्टनरको मुड बिग्रिन सक्छ ।

कोठा सुगन्धित राख्नुहोस्
कोठाको सरसफाइले सकारात्मक भावना निम्त्याउँछ । सुत्ने कोठामा खानेकुरा, फोहोर जुत्ता, चप्पल राख्छन्, जसले दुर्गन्धित हुन्छ । मन खिन्न हुने, मुड बिग्रिने हुन्छ । कोठा सुगन्धित राख्न रुम फ्रेसर, फूल आदिको प्रयोग गर्न सकिन्छ ।

कोठाको बत्ती
कोठाको बत्तीको बारेमा पार्टनरसँग कुरा गर्नुहोस् । केटीहरूको लजालु स्वभावका कारण बढी प्रकाशमा सेक्स गर्न मन पराउँदैनन् । कोठामा बत्ती बाल्ने वा नबाल्ने पार्टनरसँग सल्लाह गर्नुहोस् ।

छुटाउनु भयो कि ?
कुन उमेरसमूहका मानिसले कति घन्टा सुत्ने ?

महिनावारी भएको कति दिनमा सेक्स गर्दा सुरक्षित ?



सम्बन्धित खबरहरु

दसैंको विषेश परिकार हो– मासु । दसैंमा मानिसहरुले मासुलाई नै बढी महत्व दिने गर्छन् । वर्षमा एकपटक आउने चाड हो

छालामा देखिने धेरै किसिमका समस्याहरूलाई हामी नजरअन्दाज गर्दै आएका छौँ । तर मौसममा परिवर्तन आउने बित्तिकै शरीरमा पर्ने पहिलो प्रभाव

दिमागको रक्तनली बन्द हुनु अथवा नली फुटेर रगत बाहिर बग्नुलाई मस्तिष्कघात अथवा स्ट्रोक भनिन्छ । यस्तो अवस्थामा शरीरको आधा भागलाई

हेल्मेट मोटरसाइकल चालकको टाउकोको सुरक्षा कवच हो । बजारमा स्टाइलिस मोटरसाइकल मात्र होइन, स्टाइलिस हेल्मेटको क्रेज पनि उत्तिकै छ ।